एमाले माछापुच्छ्रे गाउँपालिका कमिटीको पार्टी कार्यालय भवन उद्घाटन
👤 बिष्णु पुन |

एमाले माछापुच्छ्रे गाउँपालिका कमिटीको पार्टी कार्यालय भवन उद्घाटन सम्पन्न
२०८३ कात्तिक २
कास्की । नेकपा (एमाले) माछापुच्छ्रे गाउँपालिका कमिटी, कास्कीको आयोजनामा विजयादशमी, शुभदीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान, चियापान तथा पार्टी कार्यालय भवन समुद्घाटन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
नेकपा एमाले माछापुच्छ्रे गाउँपालिका अध्यक्ष बिक्रम गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले)को केन्द्रीय सचिब खगराज अधिकारीले पार्टी कार्यालय भवनको उद्घाटन गरेका थिए। विभिन्न तहका पार्टी नेता, जनप्रतिनिधि, पार्टीका अग्रज, शुभेच्छुक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको कार्यक्रममा चाडपर्वको शुभकामना आदानप्रदानसँगै पार्टीको संगठनात्मक एकता र सहकार्यलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको थियो।
कार्यक्रममा केन्द्रीय कमिटीका सदस्यहरू, पूर्वकेन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, प्रदेश तथा जिल्ला कमिटीका नेताहरू, माननीय सांसदहरू, विभिन्न तहका कमिटीका पदाधिकारी तथा सदस्यहरू, जनप्रतिनिधि, पार्टीका अग्रज कमरेडहरू, शुभेच्छुक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम आयोजकले उपस्थित भएर कार्यक्रमको गरिमा बढाउनुका साथै सफल बनाउन योगदान पुर्याउने प्रमुख अतिथि खगराज अधिकारीलगायत सम्पूर्ण अतिथि, नेता, कार्यकर्ता, शुभेच्छुक तथा सञ्चारकर्मीहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
नवनिर्मित पार्टी कार्यालय भवनलाई केवल भौतिक संरचनाका रूपमा मात्र नभई संगठनात्मक एकता, सहकार्य, जनसम्पर्क र जनसेवाको साझा केन्द्रका रूपमा विकास गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ। भवनले पार्टीको संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउन तथा स्थानीय जनतासँगको सम्बन्धलाई थप सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।