भुरुङ्दी युवा क्लबद्वारा खेलाडी र अभिभावक सम्मानित
👤 प्रदेश संवाददाता |

**६ मंसिर ,२०८३**
**पोखरा**,। अन्नपूर्ण गाउँपालिका–९, बाजगरा सुदामे, कास्कीस्थित भुरुङ्दी युवा क्लबले विभिन्न स्थानमा आयोजित भलिबल प्रतियोगितामा विजयी बनेका खेलाडी तथा उनीहरूका अभिभावकलाई सम्मान गरेको छ।
क्लबको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगितामा सहभागी भई प्रथम, द्वितीयलगायत पुरस्कार जित्न सफल खेलाडीको योगदानको कदर गर्दै सम्मान तथा प्रोत्साहन कार्यक्रम आयोजना गरिएको हो। खेलाडीको मेहनत, अनुशासन र सफलतामा अभिभावकले पुर्याएको योगदानको सम्मान गर्दै आगामी दिनमा खेलकुदप्रति थप उत्साह जगाउने उद्देश्यले कार्यक्रम गरिएको क्लबले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले खेलकुद तथा सांस्कृतिक गतिविधिले गाउँको पहिचान स्थापित गर्नुका साथै संस्कार र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले भुरुङ्दी युवा क्लबले सञ्चालन गर्दै आएका खेलकुद तथा सांस्कृतिक कार्यक्रमले गाउँमा सामूहिक एकता, सहकार्य र आपसी सद्भावको सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो। खेलाडीको सफलता गाउँकै गौरव भएको बताउँदै अध्यक्ष केसीले खेलकुद क्षेत्रको विकासका लागि यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका विशेष अतिथि गाउँपालिका प्रवक्ता एवं वडा नं. ७ का अध्यक्ष भरतमान गुरुङ र वडा नं. ९ का अध्यक्ष रमेश गुरुङले खेलाडी तथा क्लबको सफलताको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य पुष्पा पुन, वडा सचिव किरणप्रसाद शर्मा, क्लबका अध्यक्ष, पदाधिकारी तथा सदस्य, खेलाडी र उनीहरूका अभिभावक, स्थानीय विद्यालयका शिक्षक, समाजसेवी तथा स्थानीय दाजुभाइ–दिदीबहिनीको सहभागिता रहेको थियो।
कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य पुष्पा पुन, वडा सचिव किरणप्रसाद शर्मा, क्लबका अध्यक्ष, पदाधिकारी तथा सदस्य, खेलाडी र उनीहरूका अभिभावक, स्थानीय विद्यालयका शिक्षक, समाजसेवी तथा स्थानीय दाजुभाइ–दिदीबहिनीको सहभागिता रहेको थियो।
कार्यक्रम क्लबका अध्यक्ष विनय पुन (निकेश) को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यपालिका सदस्य पुष्पा पुनले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सुमेश राना मगरले सञ्चालन गर्नुभएको थियो।
खेलाडीको प्रतिभा पहिचान, प्रोत्साहन र सम्मानमार्फत स्थानीय स्तरमा खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजित कार्यक्रमले खेलाडी तथा अभिभावकमा थप उत्साह जगाएको आयोजकले जनाएको छ।