कांग्रेस महाधिवेशनमा शेखर नजाने
👤 सनस्टार संवाददाता |

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।
पाँच दिनसम्म चल्ने महाधिवेशनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सहभागी नहुने भएका छन्। उनी पार्टी मिलाउने भन्दै लामो समयदेखि मध्य धारमा उभिँदै आएका छन्।
केही समयदेखि नेता कोइरालाले आफू दुवै महाधिवेशनमा सहभागी नहुने र पार्टी एकताका लागि अभियान गर्ने बताइरहेका छन्। उनीसहित उनीनिकटका नेताहरू पार्टी एकताका पक्षमा उभिएका छन्।
नेता-कार्यकर्ताहरू स्वविवेकका आधारमा आफैँ निर्णय लिनुपर्ने कोइरालाले बताएका छन्।
आज दिउँसो २ बजे उद्घाटन हुने महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आयोजना हुन लागेको महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक तथा सांगठनिक दिशा तय गर्नेछ।