चौथो सूर्यतारा कप फुटसलमा १६ टिमलाई मात्र अवसर, मंसिर १९ देखि प्रतिस्पर्धा ३० कार्तिक पोखरा । सूर्यतारा क्लब पोखराको आयोजनामा हुने चौथो सूर्यतारा कप 6ए साइड पुरुष फुटसल प्रतियोगितामा १६ टिमले मात्र सहभागिता जनाउन पाउने भएका छन्। आगामी २०८३ मंसिर १९ र २० गते पोखरा–२७, तालचोकस्थित काइट्स स्पोर्ट्समा प्रतियोगिता सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले मंसिर १८ गते साँझ ४ बजेसम्म नाम दर्ता गराइसक्नुपर्नेछ। प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडी सहभागी हुन पाउनेछन्। तर, प्रत्येक टिममा बढीमा दुई जना विदेशी खेलाडी मात्र राख्न पाइने व्यवस्था गरिएको छ। प्रतियोगिता फिफा तथा एएफसीको नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन हुनेछ। आयोजकका अनुसार टिम दर्ता शुल्क ५ हजार ५०० रुपैयाँ र धरौटी रकम ५ हजार रुपैयाँ तोकिएको छ। भने बिजेताले १ लाख १ हजार र उपबिजेताले ५० हजार ५ सय नगद सहित शिल्ड , मेडल र प्रमाणपत्र पाप्त गर्नेछन । क्लबका अध्यक्ष बिष्णु पुनले खेलकुदको विकास, युवाको प्रतिभा प्रस्फुटन तथा स्थानीयस्तरमा फुटसल गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनले सीमित टिमलाई मात्र सहभागी गराइने भएकाले इच्छुक टिमलाई समयमै दर्ता गर्न आग्रह गरेका छन्। प्रतियोगिताबारे थप जानकारी सूर्यतारा क्लब पोखराको फेसबुक पेजमार्फत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ।