दैलेखको ग्यास र पेट्रोलियम उत्खनन रोकिएकोमा ओलीको आपत्ति
👤 सनस्टार संवाददाता |

दैलेखको ग्यास र पेट्रोलियम उत्खनन रोकिएकोमा ओलीको आपत्ति
काठमाडौँ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा रहेको प्राकृतिक ग्यास तथा पेट्रोलियम पदार्थको उत्खनन प्रक्रिया अघि नबढाएको भन्दै सरकारप्रति आपत्ति जनाएका छन्।
नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले आगामी वैशाखदेखि नै व्यावसायिक उत्पादन सुरु हुनुपर्ने भए पनि सरकारले आवश्यक प्रक्रिया अघि नबढाएको बताएका हुन्।
उनले दैलेखको खानीबाट नेपालले अर्बौं रुपैयाँको आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको उल्लेख गर्दै उत्खननको काम रोक्नु उचित नभएको बताए।
ओलीले विकास निर्माणका अन्य आयोजनाहरू पनि रोकिएको र कतिपय ठेक्का रद्द गरिएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सम्बोधनका क्रममा उनले विकास आयोजना सञ्चालनमा अवरोध सिर्जना नगरी उपलब्ध स्रोतसाधनको उपयोगमार्फत मुलुकको आर्थिक समृद्धिमा जोड दिनुपर्ने धारणा राखेका थिए।