मुख्य समाचार

जोशी र पाण्डेलाई चार दिन हिरासतमा राख्न अनुमति

👤 सनस्टार संवाददाता  |  📅 2026-09-20
जोशी र पाण्डेलाई चार दिन हिरासतमा राख्न अनुमति
जोशी र पाण्डेलाई चार दिन हिरासतमा राख्न अनुमति आइतबार, ०४ आश्विन २०८३ काठमाडौं। जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले आइतबार जोशी र पाण्डेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो। अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले जोशी र पाण्डेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको जानकारी दिए। यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एन्फाको सातदोबाटोस्थित कार्यालयमा छापा मार्ने क्रममा जोशी र पाण्डेलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। सीआईबीको टोलीले एन्फा कार्यालयबाट आवश्यक कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा सीआईबीले एन्फा कार्यालयमा रहेका पदाधिकारी तथा कर्मचारीका मोबाइलसमेत जफत गरेको थियो। अहिले सीआईबीले एन्फासँग सम्बन्धित कागजात तथा अन्य प्रमाणको अध्ययन गरिरहेको छ।