समाचार

नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडकखण्ड अवरुद्ध, अनावश्यक यात्रा नगर्न आग्रह

👤 सनस्टार संवाददाता  |  📅 2026-09-26
नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडकखण्ड अवरुद्ध, अनावश्यक यात्रा नगर्न आग्रह
**पोखरा । असोज १०, २०८३** नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडकखण्डअन्तर्गत विभिन्न स्थानमा सडक अबरुद्ध भएपछि अत्यावश्यक बाहेकका यात्रा नगर्न स्थानीयवासी पर्यटक तथा सम्पुर्ण यात्रुहरुलाई अन्नपूर्ण गाउँ पालिकाका अध्यक्ष बिष्णु बहादुर के सि ले आग्रह गर्नुभएको छ। अन्नपूर्ण गाउँपालिका अन्तर्गत पर्ने साधीखोला, तमुचोक र स्याउली बजार क्षेत्रमा सडक अवरुद्ध भएको जानकारी प्राप्त भएको गाउँपालिकाले जनाएको छ। प्रतिकूल मौसमका कारण सडकमा समस्या आएको र तत्काल यात्रा गर्दा जोखिम हुन सक्ने भएकाले जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित रहन आग्रह गरिएको छ। अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी ले मौसम प्रतिकूल रहेकाले बलजफ्ती सडकमा यात्रा नगर्न सबैमा अनुरोध गरेका छन्। मौसममा सुधार आएपछि आवश्यक व्यवस्थापन गरी सडक सञ्चालनमा ल्याउने उनले बताएका छन्। गाउँपालिकाले सडकको अवस्था सामान्य नहुँदासम्म अनावश्यक आवतजावत नगर्न तथा सम्बन्धित क्षेत्रका बासिन्दा र यात्रुलाई सुरक्षित रहन आग्रह गरेको छ। सम्बन्धित सबैलाई सुरक्षित रहन अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीको आग्रह।