नेपाली कांग्रेसको १५औँ महाधिवेशन: उद्योगपति विनोद चौधरीद्वारा उपसभापतिमा उम्मेदवारी घोषणा
👤 सनस्टार संवाददाता |

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: उद्योगपति विनोद चौधरीद्वारा उपसभापतिमा उम्मेदवारी घोषणा
काठमाडौँ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रसिद्ध उद्योगपति विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका छन्।
नवलपरासी क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि बनेका चौधरीले उम्मेद्ववारी खुले सगै उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन्। उनले आफूले केवल पदका लागि मात्र नभई आर्थिक विकास र समृद्धिका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्याउन, युवाहरूको आकांक्षा पूरा गर्न र देशलाई आर्थिक रूपान्तरणको दिशामा लैजान उम्मेदवारी दिएको स्पष्ट पारेका छन्।