पार्टीलाई नयाँ जीवन दिन ‘रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण’ को नीति अघि सार्दै एमालेले ‘मिसन पार्टी जागरण’ अभियान थालेको छ। काठमाडौँ। नेकपा (एमाले) ले ललितपुरको च्यासलमा हालै सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू समेटेर ‘अन्तरपार्टी निर्देशन-३’ (अपानि-३) जारी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दै जारी गरिएको उक्त अपानिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको दोस्रो वरीयताको ‘वरिष्ठ नेता’ मा मनोनीत गर्नेदेखि पार्टीभित्र गुटबन्दी र नेतृत्वको सार्वजनिक आलोचनामा पूर्ण प्रतिबन्ध लगाउने निर्णयहरू समेटिएका छन्। बैठकले दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सफलतापूर्वक पूरा गरेकी विद्यादेवी भण्डारीलाई पार्टी विधानको धारा १०५ को बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरी दोस्रो वरीयताको वरिष्ठ नेतामा मनोनीत गरेको छ। साथै, विभिन्न दलबाट प्रवेश गरेका र योगदान पुर्‍याएका २० जनालाई केन्द्रीय सदस्य तथा ७ जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरिएको छ। विगतका अनुशासनहीनता र सार्वजनिक आलोचनालाई ‘कटअफ’ बिन्दु मानेर आममाफी दिइए पनि अब उप्रान्त नेतृत्व र नीतिविरुद्ध अभिव्यक्ति दिएमा सङ्गठन विभाग र अनुशासन आयोगमार्फत तत्काल कडा कारबाही गरिने चेतावनी दिइएको छ। अध्यक्ष ओलीको प्रतिवेदनमा विगतको निर्वाचनमा हारको कारण बाह्य घेराबन्दी मात्र नभई जनतासँगको सम्बन्ध पातलो हुनु, युवाहरूको भाषा बोल्न नसक्नु र डिजिटल युगमा पछाडि पर्नु रहेको स्वीकार गरिएको छ। पार्टीलाई नयाँ जीवन दिन ‘रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण’ को नीति अघि सार्दै एमालेले ‘मिसन पार्टी जागरण’ अभियान थालेको छ। साथै, वर्तमान सरकारले प्रतिशोधपूर्ण रूपमा नेताहरूलाई पक्राउ गरेको, राहत र उद्धारमा असफल भएको भन्दै एमालेले सरकारको कडा आलोचना गरेको छ र सडक तथा संसद् दुवैतर्फ सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने घोषणा