पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा आश्विन २१, २०८३ काठमाडौँ — सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको घरमा छापा मारेको छ। उच्च सुरक्षा स्रोतका अनुसार उनको घरबाट केही कागजात र विद्युतीय उपकरण कब्जामा लिइएको छ। विभागका एक उच्च अधिकारीले यो अनुसन्धानमा अन्य केही व्यक्तिको घरमा समेत छापा मारिएको बताए। तर अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनले सबैको नामसहितको विवरण दिन अस्वीकार गरे।