पोखरा–२८ को ओख्ले भिरमा स्कुल बस दुर्घटना, चार विद्यार्थी सहित पाँच जनाको मृत्यु पोखरा । पोखरा महानगरपालिका–२८ स्थित ओख्ले भिरमा कालिका बोर्डिङ स्कुल, झाझरमारेको बस दुर्घटना हुँदा चार विद्यार्थी सहित पाँच जनाको मृत्यु भएको छ। प्रारम्भिक जानकारीअनुसार ट्युसन पढ्न जाने क्रममा विद्यार्थी बोकेको विद्यालयको बस सडकबाट करिब १०० मिटर तल भिरमा खसेको हो। बसमा चालकसहित करिब २१ जना सवार रहेको बताइएको छ। दुर्घटनापछि घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय बासिन्दा उद्धारमा जुटेका थिए