पोखरा–२८ मा कालिका बोर्डिङ स्कुलको बस दुर्घटना, उद्धारमा जुटे सुरक्षाकर्मी र स्थानीय
👤 प्रदेश संवाददाता |

पोखरा–२८ मा कालिका बोर्डिङ स्कुलको बस दुर्घटना, उद्धारमा जुटे सुरक्षाकर्मी र स्थानीय
पोखरा । पोखरा महानगरपालिका–२८ स्थित ओख्ले भिरमा कालिका बोर्डिङ स्कुल, झाझरमारेको बस दुर्घटनामा परेको छ।
प्रारम्भिक जानकारीअनुसार विद्यालयको बस सडकबाट करिब १०० मिटर तल भिरमा खसेको हो। बसमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू ट्युसन पढ्न जाने क्रममा रहेको र चालकसहित करिब २१ जना सवार रहेको बताइएको छ।
दुर्घटनापछि घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय बासिन्दा उद्धारमा जुटेका छन्।
दुर्घटनामा मानवीय क्षति भए–नभएको तथा घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ। घटनाबारे थप जानकारी प्राप्त हुनासाथ अद्यावधिक गरिनेछ।