प्रथम सूर्य कप फुटबल प्रतियोगिता–२०८३ को उद्घाटन खेलमा रिटर्नी फेडेरेशन नेपाल र नेपाल उद्योग तथा व्यवसायी महासंघबीच प्रतिस्पर्धा हुने भएको छ। पोखरा । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीको आयोजनामा हुने प्रथम सूर्य कप ६ ‘ए’ साइड आमन्त्रित पुरुष फुटबल प्रतियोगिता–२०८३ को उद्घाटन खेलमा रिटर्नी फेडेरेशन नेपाल र नेपाल उद्योग तथा व्यवसायी महासंघबीच प्रतिस्पर्धा हुने भएको छ। पोखरा–२५, हेम्जास्थित खेलमैदानमा २०८३ असोज २४ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा दुई संस्थाबीच प्रतिस्पर्धा हुने नेपाल खेलकुद महासंघ कास्कीका अध्यक्ष कृष्ण पुनले जानकारी दिए। प्रतियोगितामा सहभागी टोलीका लागि रु. ३ हजार प्रवेश शुल्क निर्धारण गरिएको छ। प्रतियोगिताको विजेताले रु. ३३ हजार ३ सय ३३ तथा उपविजेताले रु. २२ हजार २ सय २२ नगद पुरस्कार प्राप्त गर्नेछन्। खेलकुदको माध्यमबाट युवा तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक विश्वदल गुरुङले बताए। उनका अनुसार प्रतियोगितामा विभिन्न आमन्त्रित टोलीको सहभागिता रहनेछ। प्रतियोगिताले खेलकुदसँगै विभिन्न क्षेत्रका संस्था तथा समूहबीच आपसी सहकार्य, मैत्रीपूर्ण सम्बन्ध र खेलभावना विकासमा समेत योगदान पुग्ने आयोजकको अपेक्षा छ। पोखरा–२५, हेम्जास्थित खेलमैदानमा २०८३ असोज २४ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा दुई संस्थाबीच प्रतिस्पर्धा हुने नेपाल खेलकुद महासंघ कास्कीका अध्यक्ष कृष्ण पुनले जानकारी दिए। प्रतियोगितामा सहभागी टोलीका लागि रु. ३ हजार प्रवेश शुल्क निर्धारण गरिएको छ। प्रतियोगिताको विजेताले रु. ३३ हजार ३ सय ३३ तथा उपविजेताले रु. २२ हजार २ सय २२ नगद पुरस्कार प्राप्त गर्नेछन्। खेलकुदको माध्यमबाट युवा तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक विश्वदल गुरुङले बताए। उनका अनुसार प्रतियोगितामा विभिन्न आमन्त्रित टोलीको सहभागिता रहनेछ। प्रतियोगिताले खेलकुदसँगै विभिन्न क्षेत्रका संस्था तथा समूहबीच आपसी सहकार्य, मैत्रीपूर्ण सम्बन्ध र खेलभावना विकासमा समेत योगदान पुग्ने आयोजकको अपेक्षा छ।