बेगनासताल–भोर्लेटार सडकखण्ड पहिरोको कारण अबरुद्द पोखरा बेगनासताल–भोर्लेटार सडकखण्डको चौर क्षेत्रमा पहिरो खसेका कारण सडकमा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द भएको जानकारी प्राप्त भएको छ। ⚠️ यस सडकखण्डबाट तत्काल आवतजावत नगर्नुहुन अनुरोध छ। सडक अवरुद्ध रहेसम्म वैकल्पिक मार्गका रूपमा भंगराको बाटो प्रयोग गर्नुहुन सम्पूर्ण यात्रु तथा सवारी चालकहरूलाई जानकारी गराइन्छ। सडक खुला नभएसम्म वैकल्पिक बाटो प्रयोग गरौँ, सुरक्षित यात्रा गरौँ।