बेपत्ता नागरिकलाई ४५ दिनमै मृत घोषणा गर्न सकिने, कानुन संशोधन गर्दै सरकार २०८३ असोज २२ गते काठमाण्डौ सरकारले लामो समयदेखि बेपत्ता रहेका नागरिकलाई मृत घोषणा गर्नुपर्ने कानुनी अवधि घटाउने निर्णय गरेको छ । अब बेपत्ता भएको ४५ दिनपछि नै मृत घोषणा गर्न सकिने व्यवस्था गर्ने सरकारको तयारी छ । यसअघि बेपत्ता नागरिकलाई मृत घोषणा गर्न १२वर्ष कुर्नुपर्ने व्यवस्था थियो । मन्त्रिपरिषद्को २१ गते बसेको बैठकले उक्त अवधि घटाएर ४५ दिन कायम गर्ने गरी सम्बन्धित कानुन संशोधन गर्ने निर्णय गरेको हो ।