मुख्य समाचार

भोटेकोशी बाढी प्रभावितका लागि ७० लाख ४७ हजार रुपैयाँ संकलन

👤 सनस्टार संवाददाता  |  📅 2026-09-20
भोटेकोशी बाढी प्रभावितका लागि ७० लाख ४७ हजार रुपैयाँ संकलन
असोज ४, २०८३ , पोखरा भोटेकोशी बाढी प्रभावितका लागि ७० लाख ४७ हजार रुपैयाँ संकलन पोखरा — भोटेकोशी बाढी प्रभावितका लागि तमु धिं नेपालको समन्वयमा सञ्चालन गरिएको राहत कोष संकलन अभियानअन्तर्गत ७० लाख ४७ हजार ४९७ रुपैयाँ ८८ पैसा संकलन भएको छ। तमु धिं नेपालले भदौ ४ गते जारी गरेको जानकारीअनुसार, विभिन्न ७९ वटा समाजबाट उक्त रकम संकलन गरिएको हो। संकलित रकम भदौ ५ गते तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वमा काठमाडौं जाने आठ सदस्यीय टोलीले नेपाल सरकारका गृहमन्त्री र अर्थमन्त्रीको रोहवरमा बुझाउने कार्यक्रम रहेको तमु धिं नेपालले जनाएको छ। उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ। त्यस्तै, राहत अभियानबाट संकलित रकमको प्रतिवेदन भदौ ५ गते नै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई समेत बुझाइने जानकारी तमु धिं नेपालले दिएको छ। बाढी प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न समाज तथा समुदायको सहभागितामा राहत रकम संकलन अभियान सञ्चालन गरिएको तमु धिं नेपालको भनाइ छ।