रास्वपा केन्द्रीय समिति बैठक, स्थानीय निर्वाचन तयारीबारे छलफल हुने
👤 सनस्टार संवाददाता |

रास्वपा केन्द्रीय समिति बैठक, स्थानीय निर्वाचन तयारीबारे छलफल हुने
काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा बैठक बस्न लागेको हो ।
बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयनलगायत विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
यस्तै, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गरिने 'हामी आउँदै छौँ' अभियान, मधेस प्रदेश संगठनको अडिट रिपोर्टलगायत विषयमा पनि छलफल हुने कार्यसूची छ ।