**१७ असोज २०८३** **कास्की** । रिटर्नी फेडेरेसन नेपाल मादी गाउँपालिका कमिटीको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले खेमराज सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी गठन गरेको छ। मादी गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले कास्की जिल्ला कमिटी अध्यक्ष बेनबहादुर अधिकारी क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सचिवालय सदस्य विश्वज्योति सुवेदी, नेकपा एमाले मादी गाउँपालिका अध्यक्ष सुभाष सापकोटा र फेडेरेसन कास्की अध्यक्ष विष्णुबहादुर केसी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। अधिवेशनमा सहभागी अतिथि तथा नेताहरूले वैदेशिक रोजगारीबाट आर्जित ज्ञान, सीप, पुँजी र अनुभवलाई स्वदेशमै उपयोग गर्न सके मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभएको थियो। नवगठित कमिटीले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई उद्यमशीलता, स्वरोजगार, लगानी तथा रोजगारी सिर्जनामा जोड्दै उनीहरूको आर्थिक तथा सामाजिक पुनःएकीकरणका लागि सहजीकरण गर्नुपर्ने कुरा औल्याउनु भयो। त्यस्तै, नेकपा एमाले गाउँपालिका सचिवालय सदस्य तथा मादी गाउँपालिका–४ का वडाध्यक्ष शिव सापकोटा, वडा कमिटी अध्यक्ष माधव सापकोटालगायत विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिको उपस्थिति रहेको उक्त अधिवेशनको सञ्चालन मादी रिटर्नी फेडेरेसन गाउँपालिका कमिटीका सचिव खेमराज सापकोटाले गर्नुभएको थियो। नवगठित कमिटीले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको ज्ञान, सीप, पुँजी र अनुभवलाई स्वदेशमै उपयोग गर्दै स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धनमा काम गर्ने प्रतिबद्धता जनाएको छ।