वर्षातले सर्यो कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ र १४ गते निर्वाचन गरिने
👤 सनस्टार संवाददाता | 📅 2026-09-26

वर्षातले सर्यो कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ र १४ गते निर्वाचन गरिने
हेटौँडा ।
भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्र्तगत मकवानपुर जिल्लामा शनिबारका लागि तय गरिएको प्रदेशसभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरिएको छ ।
पार्टी अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत अधिवक्ता राजकुमार उप्रेतीले सूचना जारी गर्दै मौसम पुर्वानुमान महाशाखाद्वारा जारी सूचना एवम् नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको असोज ८ गतेको प्रेस विज्ञप्ति समेतको आधारमा मकवानपुरमा पार्टीको शनिबार हुने भनिएका प्रदेश सभा क्षेत्रीय अधिबेशन असोज १३ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १४ गते गरिने जानकारी दिए ।
वर्षाको सम्भावनालाई दृष्टिगत गरी पार्टीको शनिबार हुने भनिएका प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशका निर्वाचन कार्यक्रमहरू अन्य जिल्लाहरूमा पनि सारिएको छ ।