शंकरपोखरीको नेतृत्वमा बिनोद सुनारको चर्चा चुलिँदै
👤 प्रदेश संवाददाता |

शंकरपोखरीको नेतृत्वमा बिनोद सुनारको चर्चा चुलिँदै
पर्वत ।
फलेवास नगरपालिका–३, शंकरपोखरीमा बिनोद सुनारको सम्भावित उम्मेदवारीलाई लिएर स्थानीयस्तरमा चर्चा हुन थालेको छ। नेपाल खेलकुद महासंघ पर्वतका सचिवसमेत रहेका सुनारलाई युवा, ज्येष्ठ नागरिक तथा Gen-Z पुस्तामाझ परिचित व्यक्तित्वका रूपमा हेरिएको छ।
सानै उमेरदेखि सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका सुनारको सम्भावित राजनीतिक यात्रालाई लिएर स्थानीयवासी, सामाजिक क्षेत्र तथा राजनीतिक वृत्तमा चासो बढ्न थालेको छ। स्थानीय नेतृत्वमा नयाँ अनुहार र युवाको भूमिकाबारे बहस भइरहेका बेला सुनारको नाम पनि चर्चामा आएको हो।
आगामी निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवारका रूपमा अघि बढ्ने हुन् वा स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रने हुन् भन्ने विषय चासोको केन्द्रमा छ। तर, उनको उम्मेदवारी र आगामी राजनीतिक योजनाबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा सार्वजनिक भएको छैन।
सुनारको नाम चर्चामा आएसँगै शंकरपोखरीको विकास, स्थानीय जनअपेक्षा र नेतृत्वको विषयले पनि चर्चा पाउन थालेको छ। उनले आगामी दिनमा कस्तो राजनीतिक निर्णय लिन्छन् भन्ने विषयले उनको सम्भावित राजनीतिक यात्राको दिशा तय गर्नेछ।