सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गर्न न्याय परिषद् बैठक जारी काठमाडौँ। सर्वोच्च अदालतको रिक्त न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक जारी छ। प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा मंगलबार बैठक बसिरहेको छ। परिषद्का एक सदस्यले दिएको जानकारी अनुसार परिषद् बैठक दिउँसो २ बजेदेखि जारी छ। सर्वोच्च अदालतमा चार न्यायाधीश पद रिक्त छन्। न्यायाधीश पदपूर्तिका लागि सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद् बैठक बसेको हो। प्रधान न्यायाधीश शर्मा अध्यक्ष रहेको ५ सदस्यीय परिषद्‍मा कानुन मन्त्री सोविता गौतम, सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन्।